उपचुनावका लागि ३ जिल्लामा ६९ जनाकाे उम्मेदवारी दर्ता, काे–काे उठे ? (सूचीसहित)

काठमाडौं – आउँदाे वैशाख १० गते हुने उपचुनावका लागि निर्धारण भएको निर्वाचन कार्यक्रमअनुसार आज उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम तीन वटै निर्वाचन क्षेत्रमा शान्तिपूर्णरूपमा सम्पन्न भएको छ ।

चितवन जिल्ला निर्वाचन क्षेत्र नम्बर २, तनहुँ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ र बारा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपचुनावका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता भएकाे निर्वाचन आयाेगले जनाएकाे छ ।

चितवन २ मा २४ जना, तनहुँ १ मा नाै जना र बारा २ मा ३६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । मनोनयन दर्ता गराउनेहरूमा ३३ जना दलको तर्फबाट र ३६ जना स्वतन्त्र गरी जम्मा ६९ जना रहेका आयाेगले जनाएकाे छ ।