सुनको भाउ आज ३ हजार २०० रुपैयाँले बढ्यो

काठमाण्डौ — आज सुनको भाउ ३ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ लाख २२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो आइतवार सुन तोलामा ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेको छ । हिजो ४ हजार ९७५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ९६५ रुपैयाँमा झरेको महासंघले जनाएको छ ।