बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै

काठमाडौँ। बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभाबाट विश्वासको मत लिँदै छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम मुख्यमन्त्री थापामगरले विश्वासको मत लिन लागेका हुन् ।

विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफल र मतदानका लागि आज दिउँसो १ बजे प्रदेशसभा बैठक बोलाइएको छ ।

मुख्यमन्त्री थापामगरलाई समर्थन गरेको सत्ता साझेदार नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्ना २६ जना प्रदेशसभा सदस्यलाई उनको पक्षमा मतदान गर्न ह्विप जारी गरिसकेको छ ।

मुख्यमन्त्री नियुक्त भएपछि संवैधानिक व्यवस्थाअनुसार थापामगरले प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।