रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा पुर्‍याएर परिक्रमा

ललितपुर – रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा पुर्‍याएर परिक्रमा गरिएको छ । विहीबार ललितपुरको रथ तानेर मच्छिन्द्रनाथको आमाको मन्दिरमा परिक्रमा गरिएको हो ।

यो बर्ष रथ ठाँउ ठाँउमा विग्रदा ढिला गरि लगनखेल पुर्‍याइएको हो । रथ पटक पटक ढल्कदा क्रेनको प्रयोग गरि सोझ्याउदै लगनखेलसम्म यात्रा गराइएको हो ।
गत बैशाख ११ गतेबाट ललितपुर पुल्चोकबाट तानेर रथ नःटोल, गावाहाल, मंगलबजार, सुन्धारा  हुँदै लगनखेल ल्याइएको हो । लगनखेलबाट थतिटोलसम्म तानेर नरिवल खसाल्ने चलन छ ।
त्यसको केही दिनपछि शुभ साइत निकालेर रथ जावलाखेलमा लगिन्छ । राष्ट्रप्रमुखलगायत विशिष्ठ व्यक्तिहरुसामु भोटो देखाएपछि रथयात्रा समापन हुन्छ ।
भोटो देखाएपछि मच्छिन्द्रनाथलाई त्यसै दिन खटमा राखेर बुङमति स्थित मन्दिरमा लगेर राखिन्छ ।