काठमाडौँ – माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङबाट ३७ वटा शव निकालिको छ। आइतबार अडिट ३ बाट थप १३ वटा शव निकालिएको हो।
कम्पनीका अनुसार नेपाली सेना, कम्पनीको संयुक्त उद्धार टोलीले अडिट ३ बाट अपस्ट्रिम हेड रेस टनेलभित्र कंक्रिटिङका लागि तयार पारिएको रेबरको जालमा अल्झिएका र हिलिङ ढल्किएको अवस्थाका शवहरू निकालेको हो।
निकालिएका शवहरू नेपाली सेनाको हेलिकोप्टरमार्फत एयर लिफ्ट गरी नुवाकोटको विदुरनगरपालिका- ६ स्थित खम्बा स्वास्थ्य परिसरमा राखिएको छ। ग्राउन्ड सर्चका लागि सर्च डगको टोली ल्याएर उद्धार कार्य जारी राखेको कम्पनीले जनाएको छ। साथै, कम्पनीको दुईतर्फी टनेलको मिनि एक्स्काभेटरको प्रयोग गरेर खोजी कार्यलाई जारी राखिएको छ।
गत भदौ १० गते आएको बाढीका कारण यस आयोजनाका ४५८ जना सम्पर्कविहीन भएका थिए।
