आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने

काठमाडौं – वैशाख शुक्लपक्षको पूर्णिमाका दिन आज लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार चन्द्रग्रहणको छायाँ नेपालबाट नदेखिने भएकाले बार्नु पर्दैन ।

नेपाली आकाशमा चन्द्रोदय हुनुअघि नै मोक्ष हुने भएकाले सघन छायाँ अर्थात पृथ्वीको छायाँको कालो भाग देख्न नसकिने, समितिका सदस्य सचिव एवं सूर्य पञ्चाङ्गका पञ्चाङ्गकार सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।सूर्य र चन्द्रमाको बीचमा पृथ्वी आउँदा एउटै सरल रेखामा परेको खण्डमा चन्द्रग्रहण लाग्ने गर्छ ।

चन्द्रग्रहण भनेको पृथ्वीको छाया चन्द्रमामा पर्नु हो । यस्तो छाया दुई प्रकारका हुन्छन् । सघन तथा विरल । सुनेको सूतक र देखेको ग्रहण मात्र लाग्ने शास्त्रीय मान्यता छ । यसैले ग्रहण बार्नु नपर्ने समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख गरिएको छ ।