काठमाडौं – कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म परीक्षा हुने भएको छ ।
एक हजार ४५३ परीक्षा केन्द्रमा परीक्षा सञ्चालन हुने परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिनु भयो । जेठ ५ गतेसम्म हुने परीक्षाका लागि चार लाख ६७ हजार विद्यार्थीहरूले फारम भरेका छन् ।
