रोविन तामाङको अन्तिम संस्कार आज

काठमाडौँ –  मंगलबार निधन भएका गायक तथा कलाकार रोविन तामाङको आज अन्तिम संस्कार गरिने भएको छ।  तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा राखिने भएको छ।
आइतबार बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको हो। त्यसपछि अन्तिम संस्कारको लागि बिजेश्वरीस्थित शोभा भगवतीमा लग्ने कार्यक्रम छ। रोविनको गत मंगलबार निधन भएको थियो।
उनी बूढानीलकण्ठस्थित निवासमा मृत फेला परेका थिए।

 

यो पनि पढ्नुहोसः ‘रोविन एण्ड दी रिभ्युलेसन’का गायक रोविन तामाङकाे निधन