“ज्वरा ज्वरा पर्सि’ बोलको नेपालभाषाको नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ । वरिष्ठ हांस्य कलाकार एवमं गायक मदनकृष्ण श्रेष्ठ, सरिता शाही र रोजी डङ्गोल श्रेष्ठको स्वर रहेको हांस्यप्रधान म्यूजिक हिजो भिडियो सार्वजनिक भएको हो । हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ र गंगा बहादुर मालीले लेखेको उक्त गीतको भिडियोमा हास्य कलाकार श्रेष्ठसहित बसुन्धरा भुसाल र सूर्य माला शर्मा खनालको अभिनय छ ।
निर्माता गोपाल कृष्ण महर्जनको सभापतिमा भएको म्यूजिक भिडियो प्रिमियर कार्यक्रममा वरिष्ठ हांस्य कलाकार एवमं गायक हरिवंश आचार्य वरिष्ठ निर्देशक, कवि, लेखक, रेडियोकर्मी प्रकाश सायमी, वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर लगायतको सहभागिता थियो। कार्यक्रममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, प्रकाश सायमी, सूर्यमाला शर्मा, राम कृष्ण खड्गी, विजयरत्न तुलाधरले आ-आफ्नो मन्तव्य व्यक्त गरेका थिए।
राम कृष्ण खड्गीको निर्देशन रहेको म्यूजिक भिडियोमा जीवित जल्मीले एरेन्ज गरेको गीतमा बालकृष्ण बंशीको सम्पादन र लुज सिंहको सिनेमाटोग्राफी रहेको छ ।
