गायक विजेन्द्र चवालबाट स्वरबद्ध नेपालभाषाको गीत ‘मां लुमना वइ’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा सम्पन्न एक कार्यक्रममा सार्वजनिक भएको उक्त गीतमा संगीत अमरराज राजोपाध्यायले दिएका छन् भने शब्द अनिक शाक्यको रहेको छ ।
एक युवा निर्देशकको रुपमा चिनिएकाको योवन शाक्यले यस म्यूजिक भिडियोको निर्देशन रहेको छन् भने म्यूजिक भिडियोको दृश्य सम्पादन रंग संयोजन र छायाङ्कन दिनेश महर्जनको रहेको छ ।

म्यूजिक भिडियोमा सुजन मानन्धर, रुपा महर्जनको साथमा बाल कलाकार आरभ महर्जन, ओस्मी रंजित र सेद्रिना महर्जनले अभिनय गरेका छन् ।
अर्टोम्युज स्टुडियोमा गीतको रेकर्डिङ गरिएको यस गीतमा जुगल डंगोलको मिक्सिङ तथा संगीत संयोजन रहेको छ। म्यूजिक भिडियोको परिकल्पना राज्यलक्ष्मी महर्जनको रहेको छ ।
कार्यक्रममा मानव अधिकारवादी नेता मल्ल के. सुन्दर, वरिष्ठ निर्देशक रामकृष्ण खड्गी लगायतको उपस्थिति थियो।
