सतुङ्गलमा चप्पल कारखानामा आगलागी

काठमाण्डाै – काठमाण्डाैको चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा रहेकाे चोककुमार श्रेष्ठको चप्पल कारखानामा आगलागी हुँदा ९३ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । 

गए राति विद्युत् सर्ट भइ आगालागी हुँदा कारखानामा रहेकाे मेसिन, केमिकल, चप्पल तथा अन्य सामान जलेर नष्ट भएकाे हाे । 

आगलागीबाट झन्डै ९३ लाख २० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रारम्भिक विवरण आएको चन्द्रागिरिका प्रहरी नायब उपरीक्षक नारायण अधिकारीले जानकारी दिनुभयो । 

यस्तै, गए राति नै काठमाण्डाै महानगरपालिका–७ चाबहिल बस्ने ४५ वर्षीय इन्द्रनारायण मानन्धरको घरमा आगलागी भएकाे छ ।  खाना पकाउने क्रममा अचानक ग्यास लिक भइ आगलागी हुँदा झन्डै १० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।