यःसिंलाई नगर प्रवेश गराइयो

काठमाडौं – इन्द्रजात्राको अवसरमा काठमाडौंको बसन्तपुरमा ठड्याउने इन्द्रध्वज यःसिंलाई शनिबार नगर प्रवेश गराइएकोछ । हरेक वर्ष भाद्र शुक्ल अष्टमीका दिन यःसिंलाई नगर प्रवेश गराइने परम्परा छ । नगर प्रवेश भनेर यःसिंलाई भोटाहिटीबाट तानेर बसन्तपुर पुरयाइने प्रक्रियालाई भनिन्छ।

भक्तपुरको चित्तपोलमा रहेको जंगलबाट ल्याएर भोटाहिटीमा राखिएको यःसिंलाई भोटाहिटी पुर्याएर चार दिनसम्म त्यहाँ राखिएपछि नगर प्रवेश गरिने गरिन्छ । यसवर्ष यःसिंलाई भक्तपुरबाट असोज १ गते तानेर ल्याएर भोटाहिटी पुर्याइएको हो भने रूख काट्नको लागि गुथी संस्थानका प्रतिनिधि, गुरूजु पल्टन, केन्द्रीय मानन्धर संघया सदस्यसहितको टोली साउन ३१ गते वनप्रस्थान गरेको थियो। 


यो पनिः  भोटाहिटीमा राखिएको यःसिंलाई शनिबार नगर प्रवेश गराइने


इन्द्रध्वजको व्यवस्थापनको जिम्मा केन्द्रीय मानन्धर संघले गर्दछ। यःसिंलाई नगर प्रवेश गराएको चार दिन पछि अर्थात आउँदो ९ गते बसन्तपुरमा विहान १० बजेर ३७ मीनेटको साइतमा यःसिंलाई ठड्याएर यसवर्षको इन्द्रजात्रा शुरु हुनेछ ।