साहित्यकार हरिओम पति राज राजोपाध्याय (आर.के. निर्मल) द्धारा नेपालभाषामा अनुदित बाल उपन्यास ‘अजूचायापुगु जादुया भुखाचा’ सार्वजनिक भएको छ।
उक्त किताबको विमोचन साहित्यकार हरिओम पति तथा उहाँकी धर्मपत्नी बिन्दीरा राजोपाध्यायको पहिलो जंक्व (भीमरथारोहण) को अवसरमा गरिएको हो। भीमरथारोहणको भोजको विचमा गरिएको विमोचनमा नेपालभाषाका अगुवा तथा अधिकारकर्मी नेता मल्ल के. सुन्दर, लहना मिडियाका अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, व्यवस्थापक सुरेन्द्रभक्त श्रेष्ठ लगायतको उपस्थिति थियो।
प्रकाशित उपन्यासको लेआउट डिजाइन रोशन राजोपाध्याय, कभर डिजाइन र स्केच सचिना राजोपाध्यायले गर्नु भएको छ भने उक्त उपन्यास लहना मिडियाले प्रकाशन गरेको हो।
यस अघि चाङ थ्येन ईबाट लिखित चाइनिज उपन्यास श्यामा बल्लभले अनुवाद गरी ‘जादुकी तुम्बी’ नामबाट हिन्दी भाषामा समेत प्रकाशन भएको उक्त उपन्यासलाई हरिओम पतिले नेपालभाषामा अनुवाद गरी नेपालभाषाको दैनिक पत्रिका विश्वभूमिको ‘शुक्रबाःया तँसापौ’ मा धारावाहिक रुपमा प्रकाशन गर्नु भएको थियो।
