‘छन्तः छु जुल’ नेपाल भाषाको म्युजिक भिडियो सार्वजनिक

गोल्डेन भ्वाईस अफ नेपाल प्रेमध्वज प्रधानले झन्डै १५ वर्ष अघि गाउनु भएको ” छन्त छु जुल ”( तिमिलाई के भयो ) बोलको नेपालभाषाको गीतमा बनेको म्युजिक भिडियोको सोमबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको छ ।

निर्मल मन एल्बममा समाबेश उक्त गीत गायक प्रेमध्वज र गायिका प्रतिमा राजभण्डारीले गाउनु भएको हो भने गीतका रचनाकार तथा संगीतकार निर्मलरत्न शाक्य हुनुहुन्छ । गीतको संगीत संयोजन सुमन कपालीले गर्नु भएको छ।

विश्वास बज्राचार्यले निर्देशन गर्नु भएको उक्त गीतमा लोकप्रिय अभिनेता कर्मा र शोभा महर्जनले अभिनय गर्नु भएको छ। कार्यक्रमको वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरी शुभारम्भ गर्नु भएको थियो ।

कार्यक्रममा प्रकाश सायमि, विजयरत्न असंबरे , मनराजा नकर्मि , प्रतिमा राजभण्डारी , विश्वास बज्राचार्यं तथा निर्मलरत्न शाक्यले उक्त गीतबारे आआफ्नो धारणा व्यक्त गर्नुभएको थियो।