नेवा: नख: न्यूयोर्कको पाँचौ साधारण सभाले डा. नरेश मान शाक्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। नयाँ कार्यसमितिको अध्यक्षमा डा. नरेश मान शाक्य, प्रथम उपाध्यक्षमा श्रुति अमात्य, द्वितीय उपाध्यक्षमा महेन्द्र कुमार बज्राचार्य, महासचिवमा तुलसी नारायण चित्रकार, सचिवमा अनित श्रेष्ठ, कोषाध्यक्षमा सलोनी वन्त श्रेष्ठ र सह-कोषाध्याक्षमा मोनी श्रेष्ठ निर्विरोध निर्वाचित हुनु भएको थियो। कार्यसमितिको सदस्यहरूमा, दिपक कुमार प्रधान, नम्रता प्रधान, राधिका श्रेष्ठ, किरण कुमार रंजित, शोभना शाक्य, उजिला प्रधान, राजीव बाटाजु र सबिना शाक्य निर्विरोध निर्वाचित हुनुभएको थियो। १५ जनाको कार्यसमितिमा ८ जना महिला निर्वाचित भएका थिए ।
सभाले पूर्व अध्यक्ष एवमं सल्लाहाकार विष्णु मान प्रधान र निवर्तमान अध्यक्ष महेन्द्र बीर बज्राचार्यलाई सल्लाहाकारमा मनोनीत गरेको थियो। नेवा: नख: न्यूयोर्कको चौंथो निर्वाचन, निर्वाचन आयुक्त विष्णु मान प्रधानले विधीपूर्वक सम्पन्न गर्नुभएको थियो।
यसभन्दा अघि जुमको माध्यमबाट भएको साधारण सभा नख:का अध्यक्ष महेन्द्र बीर बज्राचार्यको अध्यक्षता तथा पूर्व अध्यक्ष एवमं सल्लाहाकार विष्णु मान प्रधानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। महासचिव तुलसी नारायण चित्रकारले संचालन गरेको साधारण सभामा प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।
सल्लाहाकार विष्णु मान प्रधानले नेवाः नखः न्युयोर्कको स्थापना, यसको महत्त्व र इतिहासको बारेमा प्रकाश पार्नु भएको थियो । उहाँले “Teamwork Makes A Dream Work” भनेर सबै सदस्यहरू मिलेर संस्था लाई अझ राम्रो सँग अघि बढाउनु पर्नेमा जोड दिनुभयो ।
द्वितीय उपाध्यक्ष श्रुति अमात्यले नखःको बारेमा बोल्नुका साथै सबै मिलेर काम गरि नयाँ पु्स्तालाई समेटेर नेवाः संस्कार र संस्कृति सिकाउँदै लानु पर्ने र सदस्यहरूलाई लाभान्वित हुने खालको कार्यक्रम ल्याउनु पर्ने कुरामा जोड दिंनु भयो।
कार्यक्रमको शुरूमै उपस्थित सदस्यहरूको सहभागीताको दर्ता कार्य, सचिव अनित श्रेष्ठ र सह-कोषाध्यक्ष मेनी श्रेष्ठले गर्नु भएको थियो। महासचिव तुलसी नारायण चित्रकारले संस्थाको दुई वर्षको कार्यप्रगति विवरण तथा संस्थाका गतिविधी प्रस्तुत गर्नु भएको थियो । कोषाध्याक्ष सलोनी वन्त श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो।
सभामा, प्रथम उपाध्यक्ष डा. नरेश मान शाक्यका दिवंगत पिता कर्ण मान शाक्यको सम्झनामा एक मिनेट मौन धारणा गरि उहाँको आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धांजली अर्पण गरिएको थियो ।
नेवा: परम्परा, कला र संस्कृतिको संरक्षण, प्रवर्द्धन र नयाँ पिढिमा पुस्तान्तरणका लागि सन २०११ मा न्युयोर्कमा स्थापित नेवा: नख: न्यूयोर्कले समुदायको हितका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
