नयाँ गठबन्धनमा मन्त्रालय बाँड्न ४ सदस्यीय कार्यदल गठन, नयाँ मन्त्रीको सपथ ५ बजे

काठमाडौं- मन्त्रालय बाँडफाँट टुङ्ग्याउनका लागि ४ सदस्यीय कार्यदल गठन गरिएको छ ।नेकपा एमाले र नेकपा माओवादीसहितका नयाँ गठबन्धनसँगै निर्माण हुने नयाँ सरकारमा मन्त्रीहरुको सङ्ख्या र कार्यविभाजन टुङ्ग्याउन चार सदस्यीय कार्यदल बनाइएको हो ।

जसमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल, माओवादीबाट उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीवाट सभापति रवि लामिछाने र जसपा नेपालबाट अध्यक्ष उपेन्द्र यादव रहनु भएको छ । आजै बेलुका ५ बजेपछि नयाँ मन्त्रीहरूले सपथ लिने प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।