आरबी डायमण्ड ज्वेलर्स, १९९७ मा स्थापना भएको, नेपालको हीरा गहनाको सबैभन्दा लोकप्रिय घरहरू मध्ये एक हो। कम्पनीले भर्खरै आफ्नो २७ औं वर्ष गाँठ मनाउन फेसन शो आयोजना गरेको छ।
शनिबार काठमाडौंको दरबारमार्ग स्थित होटल याक एन्ड यतिमा आयोजित फेसन शोमा कम्पनीले आफ्नो ब्रान्डको शिल्प कौशल, नवीन डिजाइन र उत्कृष्टताप्रति प्रतिबद्धतालाई हाइलाइट गर्दै कम्पनीका नवीनतम संग्रहहरू प्रदर्शन गरेका थिए ।
बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिज पनि फेसन शोमा सहभागी जनाएका थिए । फर्नान्डिजले आयोजित फेसन रनवेमा नेपाली गहना र पहिरन प्रदर्शन गरेकी छन् । आरबी डायमण्डका व्यवसायिक दूत रेहान श्रेष्ठ र प्रमुख रिकेन महर्जनसँग पनि रनवेमा हिँडिन् । तीनवटा कलेक्सन प्रस्तुत गरिएको उक्त फेसन शोमा अन्य कलाकारले पनि गहना र पहिरनलाई रनवेमा प्रस्तुत गरे । गत शुक्रबार आरबी डायमन्ड ज्वेलर्सका अध्यक्ष रिकेन महर्जनलगायतले त्रिभुवन विमानस्थल पुगेर ज्याकलिनलाई स्वागत गरेका थिए ।

