काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको छ । नेपाः मण्डल सहित बहुलराष्ट्रिय राज्य स्थापनाको लागि बसन्तपुरबाट खुलामञ्च जाने भनिएको र्याली भद्रकालीबाट निषेधित क्षेत्र रहेको सिंहदरबारतिर जान खोजेपछि प्रहरी र प्रदर्शनकारी बिच झडप भएको छ भने प्रहरी द्वारा उनीहरूमाथि लाठीचार्ज गरेको हो ।
यसै गरि झडपमा परी प्रहरी जवान रामसिंह बोहरा गम्भीर घाइते भएका छन् । गम्भीर घाइते भएका प्रहरी जवान बोहराको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार हुदै छ । झडपक क्रममा ३० प्रदर्शनकारी घाइते भएको जानकारी न्युज नेपा: डट कम लाई (संयोजक राष्ट्रिय मुक्ति क्रान्ति बिज्ञ ) बिद्या श्रेष्ठ महर्जनले बताए।
सॅास्कृति र्याली भद्रकाली मन्दिर आस्थाको आधारमा उल्टा धुम्न नमिल्ने र बॅाया बाटै धुम्नु पर्ने भएकोले निशेधित क्षेत्र भन्दै रोक्ने क्रममा बादबिबाद पछि प्रहरिले चार्ज गरेका जानकरी नेवाः राष्ट्रिय परिषदका संयोजक सुमन सायमी दिएका छन्।
नेवाः आफैमा एउटा राष्ट्र हो। नेवाः समूदायको मन्जुरि स्वीकृति बगेर समूदायको पैत्रिक आदिभूमि माथि कुनै पनि प्रकारको निर्णय गर्ने अघिकार राज्यलाई पनि छैन्। सजक बिस्तार, खोखना मा भूमि अतिक्रमन, गुथि बिधयक, चावहिलको चिहान,ठमेलको छायॅा देवी कम्पलेकस आदि ईत्यादि परियोजनाले नेवाः समूदायलाई बिस्थापन साथै नेवाः को पहिचान र सभ्यता, संस्कृति नै घरापमा पार्ने काम राज्यबाट निरन्तर भै रहेकोले यस प्रकारको जनसागर सडकमा आगामी दिनमा निरन्तर आउने जानकारी नेवाः राष्ट्रिय परिषदका संयोजक सुमन सायमी दिएका छन्।
