सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा आज बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा त्यसका चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर…

गुण्डागर्दीमा संलग्न सानुभाइ दोहोरी साँझबाट पक्राउ

गुण्डागर्दीमा संलग्न ‘सानुभाइ’ भनेर चिनिने युवार गुरुङ काठमाडौँको ठमेलबाट पक्राउ परेका छन्। ठमेलस्थित एक दोहोरी साँझमा झगड गरेको आरोपमा बुधबार राती उनलाई पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरले जानकारी दिएको छ। गुण्डागर्दीमा संलग्न रहेको आरोपमा गुरुङ यसअघि पटक–पटक पक्राउ पर्दै छुट्दै…

पाकिस्तान ‘च्याम्पियन्स अफ लिजेन्ड्स’ काे फाइनलमा

इङ्ग्ल्यान्डमा चलिरहेको वर्ल्ड च्याम्पियनशिप अफ लिजेन्ड्समा पाकिस्तान च्याम्पियन्स फाइनलमा पुगेकाे छ । आज हुने तय भएकाे पहिलाे सेमिफाइनलमा इन्डियन च्याम्पियन्सले पाकिस्तानसँग खेल्न अस्वीकार गरेपछि पाकिस्तान च्याम्पियन्स लिग चरणको अङ्कका आधारमा फाइनल पुगेको हो । पाकिस्तान च्याम्पियन्सले लिग चरणका सबै ४ खेल जित्दै तालिकाको…

दाङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयाे

दाङको घोराही–तुलसीपुर सडक खण्डमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा आज भएको दुर्घटनामा ट्र्याक्टरमा सवार तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोकाको ज्यान गएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको…

सुनको भाउ तोलामा आठ सय रुपैयाँले घट्यो

सुनको भाउ आज आठ सय रुपैयाँले घटेको छ । सुनकाे भाउ आठ सय रुपैयाँले घटेर तोलाको एक लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ एकैदिन एक हजार चार सय रुपैयाँले…

सिरहामा भूपू वडाध्यक्षका बुवाको हत्या, राजमार्गमा प्रदर्शन

सिरहाको धनगढीमाई नगरपालिका ११ का भूपू वडाध्यक्ष कमलदेव यादवका बुवा फनिलाल यादवको हत्या गरिएको छ। मृतक यादव ८० वर्षका वयोवृद्ध थिए । घरमै सुतिरहेको बेला मंगलवार राति धारिलो हतियार प्रहार गरी अज्ञात समूहले उनको हत्या गरेको बताइएको छ । फनिलाल…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

देउखुरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका- ६ पत्थरगढवा निवासी २२ वर्षीय अयोध्या चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । गएराती करिब १२ बजेतिर लमही नगरपालिका- २ सोनपुरमा लु ४४…

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

भक्तपुर, १४ साउनः विश्व सम्पदा सूचीमा सूचीकृत चाँगुनारायण मन्दिरमा बितेका एक वर्षमा ३१ हजार २२५ विदेशी पर्यटक आएका छन् । चाँगुनारायण पर्यटक सूचना केन्द्रकी प्रमुख सविता बस्नेतका मन्दिरमा भारतलगायत सार्क राष्ट्रबाट पाँच हजार ७५६ पर्यटकको आगमन भएको हो । त्यसबाहेक…

सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढ्यो

सुनको भाउ आज एकैदिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको छ । सुन आज तोलामा एक हजार चार सय रुपैयाँले बढेर तोलाको एक लाख ९४ हजार चार सय  रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो…

चार महिनामा एक हजारभन्दा बढी आगलागीका घटना

१४ साउनः गत वैशाखदेखि हालसम्म एक हजार ११ वटा आगलागीका घटना भएका छन् । आगलागीमा परेर १५ जनाको निधन भएको छ भने १४४ जना घाइते भएका छन् । त्यसबाट एक हजार १२४ घर परिवार प्रभावित भएका छन् । राष्ट्रिय विपद्…