सर्वोच्चसहित उपत्यकाका अदालतमा सुनुवाइ स्थगित

जेनजी पुस्ताको आन्दोलनका कारण उपत्यका अदालतहरुको सुनुवाइ स्थगित भएको छ।

सर्वोच्च अदालत, उच्च अदालत पाटनले सूचना नै निकालेर मंगलबारका लागि सम्पूर्ण पेशी सूची स्थगित गरेको जानकारी दिएका छन्।

१९ युवाको ज्यान गएपछि देशभर आन्दोलन चर्किएको छ।

उपत्यकाका तीनवटै जिल्लामा कर्फ्यु आदेश जारी भएका कारण पनि अदालतहरुले सुनुवाइ स्थगित गर्नु परेको जनाएका छन्।