प्रधानमन्त्रीबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक विजेता खेलाडीलाई पुरस्कार वितरण

काठमाडौँ, २५ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त खेलाडी, प्रशिक्षक र व्यवस्थापकहरुलाई आज सम्मान र पुरस्कार प्रदान गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा युवा तथा खेककुद मन्त्रालयद्वारा आयोजित कार्यक्रममा गत कात्तिक ७ देखि १२ गतेसम्म…

थापाथलीको सुकुम्बासी बस्तीमा बस्ने युवक पुलमुनि मृत फेला

काठमाडौँ, २५ असार। काठमाडौँको व्यस्त थापाथली पुलमुनि एक युवक मृत अवस्थामा भेटिएका छन्। प्रहरीका अनुसार मुतक मकवानपुरका ३५ वर्षीय हरि राई हुन् । उनी मङ्गलबार मृत भेटिएकाे प्रहरीले जनाएकाे छ । थापाथलीको सुकुम्बासी बस्तीमा आश्रय लिइरहेका उनको शव भेटिएपछि प्रहरीले…

देशभर १० राजमार्ग पूर्णरूपमा अवरुद्ध

काठमाडौं । देशका विभिन्न स्थानमा निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण १० प्रमुख राजमार्गहरू पूर्ण रूपमा बन्द भएका छन् भने कयौं सडकहरू आंशिकरूपमा मात्र सञ्चालनमा रहेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पूर्वी नेपालको सङ्खुवासभामा पर्ने कोशी राजमार्ग, पाँचथरको…

सुनचाँदी व्यवसायीको न्युरोडमा र्‍याली र कोणसभा

नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबार ऱ्याली सहित कोणसभा कार्यक्रम गरेका छन्। उनीहरूले न्युरोड जुद्धशालिक बाट र्‍याली सुरु गरेर इन्द्रचोक, जनबहाल, असन, कमलाछी, विश्वज्योति, जमल, घण्टाघर, भद्रकाली, सहिद गेट, न्यूरोड गेट, जुद्धशालिक हुँदै पुरानो…

दाङमा अवैध हतियारसहित युवक पक्राउ

घोराही उपमहानगरपालिका- १५ स्थित बीपी चोक नजिकै रहेको लोटस तालिम केन्द्रको होस्टेलबाट अवैध हतियारसहित एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ६ः३० बजे, सल्यान जिल्लाको कपुरकोट गाउँपालिका- ३, फलाटे घर भई हाल दाङमा रहेको लोटस तालिम केन्द्रमा…

रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार

नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरुको उद्धार गरिएको छ । नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण…

जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग

विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन…

नेप्से खासै घटबढ भएन, काराेबार रकम ६ अर्ब ५७ कराेड रुपैयाँमा खुम्चियाे

हिजो दोहोरो अङ्कले घटेको शेयर बजार आज खासै घटबढ भएको छैन । शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव १४ अङ्कले घटेर २ हजार ६ सय ८३ दशमलव ८६ विन्दुमा झरेको छ । आज बैंक, होटल, बीमा, म्युचल फन्ड र…

नेपालले अस्ट्रेलियामा खेल्ने टी–२० शृङ्खलाको तालिका सार्वजनिक

नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलियामा खेल्ने टप इन्ड टी–२० शृङ्खलाको तालिका सार्वजनिक भएको छ । टप इन्ड टी–२० शृङ्खलाको आयोजक नर्दन टेरिटोरी (एनटी) क्रिकेटले प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो । टी–२० शृङ्खलामा नेपालले नर्दन टेरिटोरी स्ट्राइक्ससहित बङ्गलादेश ‘ए’, पाकिस्तान ए’…

सुरक्षा समिति र विपद प्राधिकरणको आकस्मिक बैठक बस्दै

केन्द्रीय सुरक्षा समिति र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको आकस्मिक बैठक बस्दै छ। गृह मन्त्रालयमा दिउँसो १ बजे बस्ने बैठकमा रसुवामा आएको बाढीले पुर्‍याएको क्षति र सुरक्षाका विषयमा छलफल गरिने जनाइएको छ। यसअघि गृहमन्त्री रमेश लेखक…