बढ्यो सुनचाँदीको मूल्य

काठमाडौँ- स्थानीय बजारमा आज सुन र चाँदी दुवै बहुमूल्य धातुको मूल्यवृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन प्रतितोला रु एक हजार ४०० ले वृद्धि भएको छ । यस्तै, चाँदी रु ४० ले बढेको छ । आजका लागि…

हिरासतभित्रै छिरेर ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री गुरुङविरुद्ध मानव अधिकार आयोगमा उजुरी

काठमाडौं । शान्तिपूर्ण प्रदर्शनका क्रममा पक्राउ परी प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई हिरासतभित्रै छिरेर मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको भन्दै गृहमन्त्री सुधन गुरुङ विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा निवेदन दर्ता गरिएको छ । अजय सोडारी, प्रकाश बम र सुजन…

स्पेनको पुनरागमन

काठमाडौं। स्पेनले २०२६ विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्दै साउदी अरेबियामाथि ४–० को सानदार जित दर्ता गरेको छ। प्रतियोगिता सुरु हुनुअघि उपाधिको प्रमुख दाबेदार मानिएको स्पेनले अघिल्लो खेलमा केप भर्डेसँग गोलरहित बराबरी खेलेर निराश बनाएको थियो। तर‚ यसपटक लामिन यमलले खेलको १०औँ…

लागुऔषधसहित वडासदस्य पक्राउ

कञ्चनपुर- यहाँको भीमदत्त नगरपालिका–१८ कटानस्थित गौरा मन्दिर टोलबाट प्रहरीले अवैध लागुऔषधसहित वडासदस्य पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतअनुसार शनिबार उक्त क्षेत्रमा अवैध लागुऔषधको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा प्रहरी टोलीले भीमदत्त–१८ निवासी तथा सोही…

‘ह्याट्रिक हिरो’ मेसीलाई अष्ट्रिया अप्ठेरो– यस्तो छ हेड टू हेड

काठमाडौं। विश्वकप उपाधि रक्षा अभियानमा रहेको अर्जेन्टिनाले सोमबार समूह ‘जे’ को दोस्रो खेलमा अस्ट्रियाको सामना गर्दैछ। अमेरिकाको डलासमा हुने यो खेल दुवै टोलीका लागि नकआउट चरणतर्फको महत्त्वपूर्ण अवसर हुनेछ। पहिलो खेलमा अर्जेन्टिनालाई शानदार जित दिलाएका कप्तान लियोनल मेसी पुनः आकर्षणको…

सामाजिक सञ्जालबाटै कमाइ: डिजिटल मार्केटिङ सिक्दै ललितपुरका युवा

ललितपुर । प्रविधिको विकाससँगै ललितपुरका युवाहरू इन्टरनेट र सामाजिक सञ्जाललाई आम्दानीको माध्यम बनाउन लागिपरेका छन्। परम्परागत रोजगारीका अवसरहरू घट्दै गएका बेला ललितपुरको गोदावरीमा युवाहरूका लागि दुई दिने डिजिटल मार्केटिङ र सूचना प्रविधि सम्बन्धी तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार,…

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ- स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ६०० र चाँदी रु ५० ले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई लाख ८७ हजार ३०० कायम…

विश्वकप फुटबल : जापानले ट्युनिसियालाई ४ गोलले हरायो

काठमाण्डौ – फिफा विश्वकप फुटबलमा जापानले ट्युनिसियालाई ४ गोलले हराएको छ । विश्वकप फुटबलको यो एक हजार औँ खेल हो । सन् १९३० मा शुरु भएको फिफा विश्वकप ९६औँ वर्षमा आइपुग्दा एक हजार खेलको कोशेढुङ्गा पार भएको छ । आजको…

विश्वकप फुटबल: उत्कृष्ट पुनरागमन गर्दै जर्मनी नकआउट चरणमा

डेनिज उन्डाभको इन्जुरी समयको गोलमा चारपटकको विश्व च्याम्पियन जर्मनीले नकआउट चरणमा स्थान बनाएको छ। आइभरी कोस्ट विरुद्ध उत्कृष्ट पुनरागमन गर्ने क्रममा सब्स्टिच्युट उन्डाभले दुई गोल गर्दै टोलीलाई नकआउट चरणमा स्थान पक्का गराए।  २-१ को जितसँगै जर्मनी अन्तिम खेल अगावै नकआउटचरणमा…

बाजुरामा बस दुर्घटना हुँदा २४ जना घाइते

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका–०८ रिठाबजार स्थित साँफेबगर–मार्तडी सडकखण्डमा आइतबार बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २४ जना घाइते भएका छन्। ७ः१० बजे महेन्द्रनगरबाट बाजुराको मार्तडीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख १३५५ नम्बरको बस एक्कासी ब्रेक फेल भई सडकको बाँया नालीतर्फ पल्टिँदा…