झापा- लागूऔषध तस्करहरूले सुरक्षा जाँच छल्न नयाँ-नयाँ उपाय अपनाउन थालेका छन् ।
मुखभित्र खैरो हेरोइन लुकाएर नेपाल प्रवेश गर्दै गरेका एक युवक झापामा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रञ्जन अवाकाअनुसार शनिबार साँझ भारतबाट पैदल नेपाल प्रवेश गरेका झापाको अर्जुनधारा नगरपालिका- ९ का २२ वर्षीय अरमान खान शङ्का लागेर जाँच गर्दा निजको मुखमा प्लास्टिकमा पोको पारेको खैरो हेरोइन भेटिएको थियो ।
उनलाई पक्राउ गरी थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
