काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीच आज (सोमबार) बैठक बस्दैछ ।
एन्फाले शहीद स्मारक ‘ए’ डिभिजन लिग आयोजनाका सम्बन्धमा १४ क्लबका प्रतिनिधिसँग छलफल गर्न बैठक बोलाएको हो ।
बैठक दिउँसो २ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्नेछ । क्लबका पदाधिकारीलाई बैठकमा अनिवार्य उपस्थित हुन भनिएको छ ।
एन्फाको गत वैशाख २६ गते काभ्रेको धुलिखेलमा भएको वार्षिक साधारणसभामा ‘ए’ डिभिजन लिग २०८३ साल पुसदेखि ०८३ जेठ ३१ सम्म हुने गरी क्यालेन्डर सार्वजनिक गरेकोमा तयारी नपुगेको भन्दै हाललाई स्थगित गरिएको छ ।
