नेवा: पुच: युएइले युएइस्थित विभिन्न संघसंस्थाहरुको उपस्थितिमा इन्द्रजात्रा मनाएको छ। गएको असोज १४ गते आइतबार आजमान शहरमा विभिन्न संघसंस्थाका प्रतिनिधिसहित करिब ६० जना पाहुनाको उपस्थितिमा इन्द्रजात्रा मनाएको हो।
नेवार परम्पराअनुसार टीका, कोखा सहित सगुन दिएर कुमारी प्रदर्शन, हात्ति, लाखेको नाच देखाएर इन्द्रजात्रा मनाएको हो। त्यस्तै नेवार परम्पराअनुसार भोजको पनि आयोजना गरिएको थियो।



