काठमाण्डाै – कर्णाली प्रदेश सरकारले जाजरकोटमा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरुको स्मृतिमा आज शोक मनाउने भएको छ ।
शनिबार बसेको प्रदेश सरकारको बैठकले आइतबार शोक मनाउने निर्णय गरेको हो । प्रदेश सरकारले भूकम्पपीडितहरुलाई सहयोग गर्नसमेत आह्वान गरेको छ ।
भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन/तीन तथा रोल्पामा एक जना घाइते भएका छन्।
शुक्रबार राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ ।
