काठमाण्डाै – नेपालभाषाका वरिष्ठ गायक भृगुराम श्रेष्ठको निधन भएको छ। उहाँको ९२ वर्षको उमेरमा आज साझँ ५ बजेर २० मिनेटमा काठमाण्डौको वीर अस्पतालमा निधन भएको हो।
लामो समयदेखि अवस्थ्य उहाँ पछिल्लो समयमा वीर अस्पतालमा उपचारार्थ हुनुहुन्थ्यो।

६ दशकदेखि गीत संगीत तथा कलाकारिता क्षेत्रमा अनवरत योगदान गर्दै आएका जनगायक श्रेष्ठले २००९ सालदेखि रेडियो नेपालमा गाउन थाल्नु भएको थियो । उहाँका रागिमी नुगः, माया रे रतन, असं त्वा:या दबु कुनय् मिया तगु ग्वा:, झिगु भाषा मन्त धासा, जि नं छंके माया लगायतका गीतहरू नै निकै लोकप्रिय छन् ।
उहाँको अन्तिम संस्कार भोली गरिने परिवारले जनाएको छ।
