काठमाण्डाै – नेवाः अर्गनाजेसन अफ अमेरिकाका निवर्तमान अध्यक्ष, वरिष्ठ कलाकार, कोरियोग्राफर तथा वर्ल्ड नेवाः अर्गनाइजेसनका कल्चरल एम्वेसेडर यज्ञमान शाक्यलाई मातृशोक परेको छ । उहाँकी आमा ज्ञानीमाया शाक्यको ९७ वर्षको उमेरमा निधन भएको हो। ज्ञानीमायाको मगंलबार ललितपुर हखामा रहेको आफनै घरमा निधन भएको हो ।
स्वर्गीय शाक्यको ५ छोरा, ५ बुहारी, २ छोरी, १ ज्वाइ, २० नातीनातिना, ९ नातिबुहारी, ८ नातिनी ज्वाइ तथा १५ पनातीहरू छन्।
