पछिलो समय पुराना कालजयी गीतहरुलाई नयाँ स्वरुप दिएर रिमिक्स गरेर फेरी गाउने प्रचलन बढ्दै गएको छ। यसै क्रममा सुदेश शर्माको स्वरमा रहेको चर्चित गीत ‘हामी नदीका दुई किनारा’को कभर भर्सन सार्वजनिक गरिएको छ ।
सुर मेलोडी रेकर्डिङ स्टुडियो र ज्योति म्यूजिकको संयुक्त प्रस्तुति रहेको गीत कभर भर्सनमा गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठले गाएका छन्। गीतको रचनाकार सुर्य राज शर्मा हुन् भने चन्द्रराज शर्माको संगीत रहेको छ।
कालजयी यस गीतको कभर भर्सनको म्युजिक भिडियोलाई छायांकन तथा सम्पादन योवन शाक्य तथा निर्देशन विश्वास बज्राचार्यले गरेका छन्। म्यूजिक भिडियोमा रुपेन्द्र श्रेष्ठ, भिन्तुना जोशी, मथुरा महर्जन र उदय शाहीले अभिनय गरेका छन् ।
