एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय् सार्वजनिक

काठमाडौं – यन्त्रकलाको दोश्रो एनिमेशन चलचित्र लाखय्को दोश्रो गित जय जय लाखय्को एक कार्यक्रमविच प्रिमियर गरिएको छ। बेलायतमा बस्नु हुने संयुक्त श्रेष्ठको लेखन, निर्देशन र एनिमेशन रहेको उक्त गितको शनिबार प्रिमियर गरिएको हो। काठमाडौं चावहिलको एफब्यूब सिनेमामा आयोजित कार्यक्रममा जय जय लाखय्को गीतको नेपाली र नेपालभाषामा गाइएको गितको भिडियो सार्वजनिक गरेिएको हो ।नेपाली र नेपालभाषामा रहेको उक्त म्यूजिक भिडियोको काठमाण्डाें महानगरपालिकाका उपप्रमुख सुनीता डंगोल तथा वरिष्ठ हांस्यकलाकार मदनकृष्ण श्रेष्ठको अनुमति पश्चात प्रिमियर गरिएको थियो ।

कार्यक्रममा उपप्रमुख डंगोलले एनिमेशन चलचित्रको माध्यमबाट बालबालिका तथा युवा पुस्तालाइ भाषा, संस्कृतिको ज्ञान दिन सकिने बताउँदै महानगरपालिकाले बालबालिकालाई केन्द्रित गरेर बनाइने एनिमेशनको लागि १ करोड रूपैया चालु आर्थिक वर्षको बजेटमा विनियोजन गरेको बताउनु भयो।कार्यक्रममा नेपाल भाषा एकेडेमीका उपकुलपति मल्ल के सुन्दर, वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठ तथा वरिष्ठ कलाकार मदनदास श्रेष्ठले एनिमिटेड चलचित्र लाखय्ले संस्कृति र भाषा प्रर्वद्धनको लागि उल्लेखनीय भूमिका खेल्ने बताउनु भयो।

त्यस्तै कार्यक्रममा निर्देशक, लेखक तथा एनिमेटर संयुक्त श्रेेष्ठले आफ्नो टीमले ६, ७ महिनाको मेहनतपश्चात ७ मिनेटको उक्त गितको एनिमेशन तयार गर्न सकेको बताँउदै एनिमेशन एकदमै जटिल विधा भएको जानकारी दिनु भयो।

कार्यक्रममा लाखय् चलचित्रमा संलग्न गायक, गायिका सतिश महर्जन, निशा देशार, सत्यनारायण मानन्धरलाई मायाको चिनो प्रदान गरेको थियो भने चलचित्रमा आवाज दिने कलाकारहरूलाई प्रशंसापत्र प्रदान गरेको थियो।कार्यक्रममा लाखय् चलचित्रका निर्माताहरू अंजना श्रेष्ठ, समीर महर्जन, एनिमेटर संयुक्त श्रेष्ठसहित अन्य व्यक्तित्वहरूको उपस्थिति थियो।संयुक्त श्रेष्ठको नेतृत्वमा रहेको यन्त्रकलाले ७ वर्षअघि नेपालको पहिलो एनिमेशन चलचित्र लिजेन्ड अफ शंखधर साख्वाःको निर्माण गरेको थियो ।