ललितपुरमा काजिलाल व्याडमिन्टन प्रतियोगिता शुरू

ललितपुर – ललितपुरमा प्रथम काजीलाल स्मृति ब्याडमिन्टन प्रतियोगिता शुरू भएको छ। ज्यापु समाज यलको खेलकुद शाखाको आयोजनामा काजिलाल ब्याडमिन्टन प्रतियोगिता बुधबार शुरू भएको हो। 

प्रतियोगिताको उद्घाटन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरि बाबु महर्जनले काजिलाल र ज्यापु समाज एक अर्कोको परिपुरक जस्तो भएकोले उहाँलाई सम्झन यस खेलले निरन्तरता पछिसम्म पाउनु पर्ने भन्दैे यसै खेलबाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी जन्मने सक्ने बताउनु भयो । खेलको उद्घाटन ललितपुर महानगरका प्रमुख महर्जनसहित व्याडमिन्टनका खेलाडी मोहन बहादुर शाहिले गर्नुभएको थियो ।

काजिलाल व्याडमिन्टन खेल शुरू गर्नको लागि स्व. काजिलाल अवालेको घरबाट १० लाख अक्षयकोष स्थापना गर्न सहयोग रहने र नपुग रकम जुटाउन पनि छलफल भइरहेको कार्यक्रममा जानकारी दिइएको थियोे ।


यो पनि पढ्नुहोसः    ज्यापु समाजले प्रथम अन्तर टोल ब्याडमिन्टन प्रतियोगिता आयोजना गर्ने 


संयोजक बाबुराजा महर्जनको सभापतित्वय् भएको कार्यक्रममा स्वागत मन्तव्य उप संयोजक बिनोद महर्जनले दिनुभएको थियो भने कार्यक्रममा नेपालका चर्चित रेफ्रि अनुप रत्न शाक्य, युवा तथा श्रम विभागका प्रमुख तथा समाजका उपाध्यक्ष किरण डंगोल, समाजका पदाधिकारीहरू, स्वः काजिलालको परिवारको पनि उपस्थिति रहेको थियो ।

उद्घाटनसँगै विभिन्न टिमकोे खेल शुरु भएको थियो । प्रतियोगिता बालकुमारीस्थित रिमिक्स ब्याडमिन्टन क्लबमा ४ दिनसम्म चल्नेछ।