काठमाण्डौ – काठमाण्डौ महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । डेंगु संक्रमित भएर ग्राण्डी अस्पतालमा उपचार गराइरहेका रिजालको आज बिहान निधन भएको महानगर स्रोतले जनाएको छ ।
उहाँ पाँच दिनअघि अस्पताल भर्ना हुनुभएको थियो । फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उहाँको उपचार भइरहेको थियो ।
गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट निर्वाचित रिजाल नेपाली कांग्रेस क्षेत्रनम्बर ७ का सभापतिसमेत हुनुहुन्थ्यो ।
महानगरपालिकाले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखेको छ ।
