काठमाण्डाै – सरकारले नेपालीहरुको महान् पर्व बडा दसैँमा यात्रुलाई आवतजावतका लागि सहज होस् भन्ने उद्देश्यले आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको छ ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालको संयोजकत्वमा गत असोज २३ गते बसेको यातायात व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार आजदेखि सार्वजनिक सवारीलाई रुट परमिट खुला गरेको हो ।
सोही बैठकको निर्णयअनुसार आजदेखि खाद्यान्नलगायत अत्यावश्यक वस्तुहरु ढुवानी गर्ने बाहेकका ट्रेलरलगायत ठूला सवारी काठमाडौँ उपत्यका प्रवेशमा रोक लगाइएको छ ।
