ललितपुर – वरिष्ठ हांस्य कलाकार मदन कृष्ण श्रेष्ठलाई केन्द्रविन्दु गरेर बनाइएको म्यूजिक भिडियो यः मदन दाइ सोमबार एक कार्यक्रमकाविच सार्वजनिक गरिएको छ । उक्त म्यूजिक भिडियोका परिकल्पनाकार, प्रोडक्सन म्यानेजर तथा निर्माता के.बि.एस. प्रोडक्सन हाउस, लुभुका कृष्णभक्त श्रेष्ठ (केबिएस लुभु) हुनुहुन्छ।
केबिएस लुभु प्रोडक्सन हाउस र आनन्द रत्न बज्राचार्यको आयोजनामा लुभुको महालक्ष्मी ब्यांक्वेटमा हिजो भएको कार्यक्रममा उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको हो।
बालमुकुन्द प्रजापति र विश्वास बज्राचार्यको निर्देशन रहेको म्यूजिक भिडियोमा वरिष्ठ हांस्यकलाकार मदनकृष्ण श्रेष्ठका साथै भिन्तुना जोशी, रोजिना सुवाल, मीरा डंगोल, सरिता श्रेष्ठ, केबिएस लुभु, पुष्पलाल मानन्धरको अभिनय रहेको छ । त्यसै गरी, सिनेम्याटोग्राफर शैलेस श्रेष्ठ, मेकअप आर्टिष्ट उमेश पाण्डे हुनुहुन्छ ।
हांस्य कलाकार श्रेष्ठसहित निशा देशार र दीपा महर्जनको स्वर रहेको उक्त गीत आनन्द रत्न बज्राचार्यले लेख्नुभएको हो भने संगीत अनिल तुलाधरले दिनु भएको छ ।
यस म्यूजिक भिडियो निर्भान मिडिया नेपालको यूट्यूब च्यानलबाट सार्वजनिक हुने भएको छ ।
h 69.611
69.611
1155.78
