ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर १९ को आयोजनामा आजदेखि सद्भाव मेला हुँदैछ । तीन दिनसम्म चल्ने मेलामा वडा नम्बर १९ मा विभिन्न ठाउँमा टोलको विशेषता अनुसार विभिन्न गतिविधिसहित प्रदर्शनी हुुँदैछ ।
मच्छिन्द्रबहालमा रातो मच्छिन्द्रनाथको रथ बनाउने प्रयोग गरिने विभिन्न काठको प्रदर्शनी, इतिटोलमा रातो मच्छिन्द्रनाथलाई काठमाण्डौ उपत्यकामा ल्याउने राजा नरेन्द्रदेव, बन्धुदत्त आर्चाय र ललित ज्यापूको मूर्ति, अग्निशालमा ज्यापू म्यूजियम लगायतको प्रदर्शन गरिने वडाध्यक्ष राजेन्द्र महर्जनले जानकारी दिनुुभयो । त्यस्तै तिन्छुगल्लीमा प्रदर्शनीको लागि परम्परागत धातुका सामान लगायतको प्रवेशद्धार पनि राखिएको छ ।
प्रदर्शनीको उद्घाटन महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले दिउँसो १ बजे गर्ने कार्यक्रम छ।
