सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प

काठमाण्डाै – सिन्धुपाल्चोकको लासिकोट केन्द्रबिन्दु भएर गएराति ५ रेक्टरस्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गएराति १० बजेर २१ मिनेटमा भूकम्प गएको हो ।

भूकम्पको धक्का काठमाण्डौ उपत्यकालगायत आसपासका क्षेत्रमा पनि महसुस गरिएको थियो ।