‘पुलुक्क स्वइम्ह’ र ‘जुल रे जुल’ बोलको म्यूजिक भिडियोको प्रिमियर

केबिएस प्रोडक्सन हाउस मार्फत नेपालभाषाको दुई गीत ‘पुलुक्क स्वइम्ह’ र ‘जुल रे जुल’ बोलको दुई म्यूजिक भिडियोको प्रिमियर भएको छ । दुइटै गीतमा चर्चित कलाकार धीरेन शाक्य र भिन्तुना जोशीको अभिनय रहेको छ । ‘जुल रे जुल …’ बोलको गीतमा यमन श्रेष्ठ र सबिना मानन्धरको स्वर रहेको छ भने सुरेन्द्र तुलाधरको लेखन तथा बुद्ध साय्‌मिको संगीत रहेको र यस गीतको निर्देशन बालमुकुन्द प्रजापति ले गर्नु भएको छ भने सम्पादन तथा छाया‌कन शैलेस श्रेष्ठ लुभुले गर्नुभएको छ ।

यस म्यूजिक भिडियोमा भिन्तुना जोशी र धीरेन शाक्यका साथै सरिता महर्जनको समेत अभिनय रहेको छ । यसै गरी वरिष्ठ संगीतकमीृ रत्न वेहोशीको लेखन तथा संगीतमा ‘पुलुक्क स्वैम्ह’ म्यूजिक भिडियोमा देवेन्द्र मान सिंह तथा मीना निरौलाले स्वर दिनुभएको छ ।

कार्यक्रममा केबिएस प्रोडक्सनबाट उत्पादित विभिन्न म्यूजिक भिडियोमा संलग्न कलाकार तथा प्राविधिकहरुलाई पनि मायाको चिनो प्रदान गरिएको छ भने उक्त म्यूजिक भिडियो समेत प्रदर्शन गरिएको छ । यसै अवसरमा ‘मन जिगु जुल चञ्चल’ (सुरज नापित र गीता सिख्राकार अभिनित), ‘न्हिले थें न्हिले थें यानाः’ (किरण जोशी र सृष्टि महर्जन अभिनित), ‘मुसुहु‌ न्हिलाः’ (रुपेन्द्र श्रेष्ठ र सृष्टि महर्जन अभिनित), ‘भेट भयो’ (सरिता महर्जनको स्वर तथा अभिनय) र ‘मिखा मिखाया’ (किरण जोशी र पल्पसा श्रेष्ठ अभिनित) म्यूजिक भिडियो प्रदर्शन गरिएको थियो ।

कार्यक्रममा सर्प्राइजको रुपमा सरिता महर्जनको त्यसै दिन जन्मदिन परेकोले मन्चमा नै केक काट्ने कार्य समेत भएको थियो ।