भक्तपुरको विस्काः जात्रा आज सम्पन्न हुँदै

भक्तपुरको विस्काः, बिस्केट जात्रा आज सकिदैंैछ। भक्तपुरको गःहिटीमा राखिएकोे भैरवनाथको रथ तानेपछि बिस्का जात्रा सकिने परम्परा छ । पाँंचतल्ले मन्दिरअगाडि राखेर बनाइएको भैरवनाथको रथ तान्ने क्रमसँंगै सुरु हुने जात्रा यही रथ तान्ने क्रमको समाप्तिसँंगै सकिने गर्दछ।

प्रत्येक वर्ष नयाँं वर्षको चार दिनअगाडि अर्थात् यो वर्ष चैत २७ गते यही रथ तानेर सुरु भएको जात्रा प्रत्येक वर्ष वैशाख ५ गते यही रथ तान्ने क्रमको समापनसँंगै जात्रा समापन हुने गर्दछ। त्यस्तै चैत ३० गते कुम्हा टोलमा उठाइएको हात नभएको लिंगो पनि आज नै ढाल्ने परम्परा छ ।

यसअघि भेलुखेलमा उठाइएको ५५ हात लामो लिंगो वैशाख १ गते नै परम्पराअनुसार ढालिएको थियो। लिच्छवीकालदेखि विस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्दछन् ।