गायिका रोशना तुलाधरको ‘भम्चा’ बोलको दोस्रो म्यूजिक भिडियो दोस्रो म्यूजिक भिडियो गीतको प्रिमियर काठमाण्डौं, सिटिसि मलमा सार्बजनिक भएको छ। यस गीतको रचना नील शाक्यले गरेका छन् भने संगीतमा भने भूपेन्द्र बज्राचार्यको संगीत संयोजनमा यस गीत तयार गरेका छन् ।
यस म्युजिक भिडियोमा सुभाय् तुलाधर र नेहा मालाकारको कलाकारहरुको प्रस्तुति हेर्न सकिन्छ। साथै यस म्यूजिक भिडियोमा नील शाक्य । कृष्णभक्त महर्जनको पनि अभिनय समावेश गरिएको छ । रक्की महर्जनको छायांकन, आर.आर.को भिडियो सम्पादनको साथमा परिकल्पना र निर्देशन रामकृष्ण खड्गीको रहेको छ । यस अगि पनि तुलाधरको ‘”रंग जिगु नं हिला वन स्व रे”…’ बोलको नयाँ गीत सार्बजनिक भैसकेको छ ।

