ललितपुर – ललितपुर महानगरपालिका वडा नम्बर २९ को आयोजनामा हरिसिद्धिमा निशुल्क ३ दिने आँखा शिविर तथा एक दिने दन्त शिविर भएको छ। आँखा शिविर लहान सिरहाको सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा भएको हो भने एकदिने दन्त शिविर कुपण्डोलमा रहेको लुम्विनी दन्त चिकित्सा क्लिनिकको प्राविधिक सहयोगमा भएको हो। ।
शिविरको उद्घाटन कार्यक्रम वडा नम्बर २९ का अध्यक्ष गणेशकुमार महर्जनको सभापतित्व तथा प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको प्रमुख आथित्यमा भएको हो भने प्रदेश सांसद रघुनाथ महर्जन, ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य , वडा नम्बर २८ वडा अध्यक्ष वीरेन्द्र महर्जन , नेपाल नेत्रज्योती संघका अध्यक्ष डा चेतराज पन्त, महासचिव भरत बहादुर चन्द, कोषाध्यक्ष चीज कुमार मास्के, सगरमाथा चौधरी आँखा अस्पतालका अध्यक्ष रविन्द्रलाल चौधरी , मेडिकल सुपेरिडेन्ट डा सन्जय कुमार सिहं, लुम्विनी दन्त चिकित्सा क्लिनिक कुपण्डोलया प्रमुख डा हरि पाण्डे, जन प्रतिनिधि लगायतको उपस्थिति थियो।
कार्यक्रममा वडा नम्बर २९ का अध्यक्ष गणेशकुमार महर्जनले वडा २८ र २९ मा मोतीविन्दु निर्मुल अभियान संचालन गरेर हरेक वर्ष आँखा अस्पतालसँग संझौता गरेर निशुल्क शिविर संचालन गर्ने बताउनु भयो। त्यस्तै उहाँले अहिलेको शिविरमा उत्साहजनक रूपमा सहभागी भएर स्थानीयले निशुल्क स्वास्थ्य सेवा लिएकोले वडास्तरीय मोतीविन्दु निर्मुल अभियान सफल हुनेमा आफू विश्वस्त भएको बताउनु भयो।
एक दिने दन्त शिविरमा ३०० भन्दा धेरैले उपचार सेवा लिएका थिए। त्यस्तै आँखा शिविरको पहिलो दिन बुधबार २५० भन्दा धेरैले आँखा परीक्षण गराएका थिए जस्मा ३० जनाको मोतीविन्दु तथा मासु पलाएको समस्याको निशुल्क शल्यक्रिया भएको थियो ।
३ दिने आँखा शिविर शुक्रबारसम्म हुनेछ।




