वाग्मतीमा आएको बाढीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबानमा परेको छ । गत रातिदेखि परेकाे वर्षापछि आएको बाढीका कारण बल्खु तरकारी बजार डुबानमा परेको छ । बल्खु तरकारी बजारका सञ्चालकहरूका अनुसार तरकारी पसलमा पसेकाे बाढीले डेढ करोड रुपैयाँभन्दा धेरैकाे क्षति पु्र्याएको छ ।
बाढीका कारण तरकारी पसल बिहान खाेल्न नसकिएको सञ्चालकले जानकारी दिएका छन् । तरकारी बजारको नदी किनारतर्फको क्षेत्र बढी डुबानमा परेको छ भने मुख्य बजारमा पनि पानी पसेको छ । बागमती नदिसँगै रहेको बल्खु तरकारी बजारमा अकस्मात भेल आउदा बजार डुबानमा परेको हो। बजारमा तीन फिट भन्दा माथि पानी जमेको छ।
