नेपाल संवतका प्रवर्तक राष्ट्रिय विभूति शंखधर साख्वाः दिवस आज विभिन्न कार्यक्रम आयोजना गर्दै मनाइँदैछ । नेपाल सरकारले शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर साख्वाः दिवस’ का रूपमा मनाउने गरिन्छ ।
तत्कालीन नेपालका गरिब जनतालाई ऋण मुक्त गरी नयाँ युगको थालनी स्वरुप नेपाल संवत् आरम्भ गरेका कारण उहाँको परोपकारी कार्यको कदर स्वरुप नेपाल सरकारले नेपाल संवत् ११२० को आजैको तिथिमा शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषित गरेको थियो ।

यसै अवसरमा आज बिहानै शंखधर साख्वाःको किंवदन्तीसँग सम्बन्धित लखु तीर्थमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४५ आयोजनामा उपप्रधानमन्त्री र सहरी विकासमन्त्री प्रकाशमान सिंहंले सालिकमा माल्यार्पण गरेको थियो ।कार्यक्रममा सिंहंले नेपाल संवतको प्रवर्तक शंखधर साख्वाः बारे अध्ययन अनुसन्धान गर्नु पर्ने जोड दिनु भयो ।
समितिको अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा काठमाडौँ महानगरपालिका १५ वडाको सदश्य मैंया लक्ष्मी महर्जले स्वागत मन्तब्य गर्नु भएको थियो।
कार्यक्रममा मल्ल के सुन्दर, पूर्वमन्त्री भिमसेनदास प्रधान, नेवाः देय् दबूको अध्यक्ष पवित्र बज्राचार्य, न्हूदँ समारोह समितिको सल्लाहकार निरञ्जनरत्न शाक्यया लगायत व्यक्तित्वहरुको उपस्थिति थियो ।