सुनको भाउ दुइदिन तोलामा १८ हजार ५ सय रूपैयाँले घट्यो

नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । सरकारले सुन आयातको भन्सार दर ५० प्रतिशतले घटाएपछि सोमबार र मंगलबार गरि क्रमस १५ हजार रुपैयाँभन्दा बढी फेरि २ हजार ६ सय रुपैयाँ घटेको छ । दुइदिन तोलामा १८ हजार ५ सय रूपैयाँले घट्यो ।

आज नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ४८ हजार ७ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै चाँदीको भाउ प्रतितोला २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८४५ रुपैयाँ रहेको चाँदी यस दिन १८२० रुपैयाँ कायम भएको छ ।