भूकम्पको क्रम जारी :आज फेरी मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प

नाङमा आज बिहान भूकम्प गएको छ । मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको हो । भूकम्प मापन तथा अनुसन्धान केन्द्रले आज बिहान ७ बजेर ३७ मिनेटमा ४.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ ।

बझाङमा लगातार दुई दिन बुधबार र विहीबार तीन पटक भूकम्प गएको थियो । बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प धक्का महसुस भएको थियो ।

यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो। पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ। नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ।