रियल मड्रिडको सहज जित

काठमाडौं। आइतबार सेभियालाई ४–२ ले हराएपछि रियल मड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टीले आत्मआलोचनाले चुनौतीपूर्ण समय पार गर्न र केलियन एमबाप्पेलाई टोलीमा घुलमिल हुन महत्त्वपूर्ण भूमिका खेलेको बताए। २६ वर्षीय फ्रेन्च फरवार्ड एमबाप्पेले सुरुआती गोल गरेका थिए र अर्को गोलमा सहयोग गरे।…

पाँच राजदूतले लिए शपथ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पाँच देशका निम्ति नवनियुक्त नेपाली राजदूतलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सोमबार राष्ट्रपतिको कार्यालयमा शपथ गराइएको हो । राष्ट्रपति पौडेलले रुसका निम्ति नेपाली राजदूत जंगबहादुर चौहान, बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका…

२८.९१ अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्क अर्थात् एक दशमलव ११ प्रतिशतले बढेर दुई हजार छसय १२ दशमलव २० विन्दुमा पुगेको छ । नेप्सेका अनुसार आज विभिन्न तीन सय २८ कम्पनीका ८९ लाख आठ हजार आठ सय…

चन्द्रागिरि नगरपालिकाका वडा अध्यक्ष महर्जन पक्राउ

काटमाडौं । सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गराईदिएको आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ । महर्जनले हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेको हो । महर्जनलाई प्रहरी…

सभापति तथा सांसद निलम्बन गर्न सभामुखलाई पत्राचार ,आज कास्की जिल्ला अदालतमा रवि लामिछानेको बयान सुरु हुँदै

काठमाडौं । सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा मुद्दा खेपेका पूर्वगृहमन्त्री एवम् रास्वपा सभापति रवि लामिछानेको आजदेखि बयान सुरु हुँदै छ । यसैबीच प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न सभामुख देवराज घिमिरेलाई पत्र पठाएको…