चन्द्रागिरि नगरपालिकाका वडा अध्यक्ष महर्जन पक्राउ

काटमाडौं । सहकारीमा बचतकर्ताहरुले जम्मा गरेको रकम हिनामिना गराईदिएको आरोपमा प्रहरीले चन्द्रागिरि नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जनलाई पक्राउ गरेको छ ।

महर्जनले हरियाली बचत तथा ऋण सहकारीको बचत रकम अपचलन गरेको आरोप लागेको हो । महर्जनलाई प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले सोमबार पक्राउ गरी अनुसन्धान अघि बढाएको छ ।

महर्जन ०७९ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेको तर्फबाट निर्वाचित भएका थिए।