स्टार म्यूजिक भिडियो अवार्ड्सको प्रमाण पत्र वितरण सम्मपन्न

संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड्सको तेश्रो संस्करणमा सहभागी म्यूजिक भिडियोहरुको आधिकारीक भिडियो छनौट र प्रमाण पत्र वितरण कार्यक्रम सम्मपन्न भएको छ । उक्त कार्यक्रममा कलाकार एवं लेखक राजु महर्जनको नेपालभाषाको विभिन्न ६ वटा फिल्मको स्क्रिप्ट संग्रह ‘नेवाः प्याखं मुना’ पुस्तक प्रकाशन भएको छ । यस पुस्तकको मूल्य रु पाँच सय राखिएको छ । यस पुस्तकलाई फिल्म स्क्रीप्ट संग्रहको नेपालकै पहिलो पुस्तक दावी गरिएको छ ।

नेपाली संगीत क्षेत्रकै सबैभन्दा ठुलो दावी गरिएको अवार्ड्समा सहभागी म्यूजिक भिडियोको प्रमाण पत्र हिजो कीर्तिपुरमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिएको छ । अवार्डको तेश्रो संस्करणमा ९५ वटा म्यूजिक भिडियोहरु सहभागी रहेको आयोजक संस्था संसार क्रिएसन्सले जनाएको छ ।


संसार नेशनल स्टार म्यूजिक भिडियो अवार्ड २०२५ का निमित्त भित्रिएको ९५ वटा म्यूजिक भिडियोका सर्जकलाई पनि दर्ता प्रमाणपत्र दिन दिएको थियो । कार्यक्रममा ललितपुर महानगर पालिकाका मेयर चिरिबाबु महर्जन मुख्य अतिथिको रुपमा उपस्थित भएको थियो ।

१५ सदस्यीय निर्णायक मण्डलको टोलीको निर्णयको साथमा अन्य कलाप्रेमी दर्शक जनताहरुको अनलाइन भोटिङ्ग र एस.एम.एस भोटिङ्गमार्फत् प्राप्त मतको आधारमा अवार्ड विजेता छनौट गरिने आयोजक संस्थाले जनाएको छ ।