काठमाडौं लगायतका स्थानमा शुक्रबार बिहान भूकम्पको धक्का महसुस भएको छ । शुक्रबार बिहान २:५१ बजे भूकम्पको धक्का महसुस भएको हो ।
काठमाडौँ नजिकै केन्द्रविन्दु भएको भूकम्प सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार बिहान २ बजेर ५१ मिनेट जाँदा सिन्धुपाल्चोकको भैरवकुण्ड आसपास केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।
भूकम्प गएपछि भाग्ने क्रममा सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन्। प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार आत्तिएर भाग्दा उनी सामान्य घाइते भएका र उनको उपचार जिल्ला अस्पतालमा भइरहेको छ।
