भारत च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल प्रवेश गरेको छ। मंगलबार दुबई अन्तर्राष्ट्रिय मैदानमा भएको पहिलो सेमिफाइनलमा अस्ट्रेलियालाई ४ विकेटले हराउँदै भारत फाइनल प्रवेश गरेको हो। भारतले अब उपाधिका लागि दक्षिण अफ्रिका र न्युजिल्यान्डबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले दिएको २ सय ६५ रनको लक्ष्य भारतले ६ विकेट गुमाएर ११ बल बाँकी हुँदै पूरा गर्यो। भारतको जितमा विराट कोहलीले ८४ रनको सानदार अर्धशतकीय इनिङ खेले।
त्यस्तै, रोहित शर्माले २८ रन बनाए। त्यस्तै केएल राहुल ४२ रनमा अविजित रहँदा श्रेयस अय्यरले ४५ रन बनाएका थिए। त्यस्तै हार्दीक पाण्ड्याले २८ रन बनाए। अस्ट्रेलियाका लागि नाथन इलियस र एडम जाम्पाले २-२ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले ४९.३ ओभरमा अलआउट हुँदै २ सय ६४ रन बनाएको थियो। अस्ट्रेलियाका लागि कप्तान स्टिभ स्मिथले ७३ रन बनाउनु सर्वधिक रह्यो।
उनी बाहेक एलेक्स क्यारीले ६१ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै ट्रेभिस हेडले ३९ रन बनाउँदा बेन ड्वारसुइसले १९ रन बनाएका थिए। भारतका लागि मोहम्मद सामीले ३ विकेट लिँदा वरुण चक्रवर्ती र रवीन्द्र जडेजाले समान २-२ विकेट लिए। त्यस्तै हार्दिक पाण्ड्या र अक्षर पटेलले १-१ विकेट लिए।
