जनसेवा प्रहरी बृतमा आज होलि पर्बलाई लिएर छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। कार्यक्रममा होलीको समयमा शान्ति सुरक्षाको व्यवस्था कसरी गर्ने भन्ने बारेमा छलफल भएको थियो। कार्यक्रम संयोजन अभियन्ता गणपतिलाल श्रेष्ठले गरेका थिए।
बैठकमा विभिन्न संघसंस्था क्लबहरु,वडाध्यक्षहरु,स्थानिय,संघसंस्थाका प्रतिनिधि,जनसेवा प्रहरी बाहिनीका कार्यवाहक सुरक्षा प्रमुख किरण मल्ल र ट्राफिक प्रहरी प्रमुखको उपस्थिति थियो।
बैठकले होली पर्वको समयमा शान्ति सुरक्षा व्यवस्थापन गर्न मिलेर काम गर्ने निर्णय समेत गरेको छ।
